माघ ५, २०८१ शनिबार Sun Jan 19 2025

शेरबहादुर देउवालाई प्रश्न तपाईको उतराधिकारि गगन हुन ?



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विराटनगर आइपुगेका छन्।

शुक्रबार अपराह्न विराटनगर आएका सभापति देउवाले विमानस्थलमा पत्रकारहरूका प्रश्नहरूमाथि संक्षिप्त जबाफ पनि दिए।

पत्रकारहरूले सभापति देउवालाई बिआरआई, कांग्रेसभित्रको आन्तरिक राजनीतिलगायत विभिन्न विषयमा प्रश्न सोधे।

बिआरआईमा ऋण नलिने भन्नुहुन्थ्यो, लिनुभएछ त! भन्ने पत्रकारको प्रश्नमा सभापति देउवाले भने, ‘बिआरआईमा ऋण लिएकै छैन।’

साथै पत्रकारले तपाईंको उत्तराधिकारी कांग्रेसमा अब गगन थापा हुने भन्ने कुरा छ नि! भन्ने पनि सोधेका थिए। जबाफमा सभापति देउवाले भने, ‘उत्तराधिकारी भन्ने बेकारको कुरा हो, घोषणा मैले गर्ने हो र? महाधिवेशनमा हुन्छ।’

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  ७ : ४७ बजे