काठमाडौं । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष नन्दराम गिरि ( नविन) को निधन भएको छ । उनलाई भारतका विभिन्न अस्पताल र नेपालका अस्पतालहरुमा उपचार गर्दा नि ठिक हुन सकेको थिएन। आज कैलालीको बर्दगोरिया अस्पतालमा उनको निधन भएको हो । उनलाई लामो समयदेखि मुखको क्यान्सर भएको थियो ।
उनि दोस्रो कार्यकाल वडा अध्यक्ष निर्वाचित भएका थिए । विकासप्रेमि नेता गिरि नेपाली कांग्रेसका जिल्ला कमिटी सदस्य समेत हुनुहुन्थ्यो ।