माघ ५, २०८१ शनिबार Sun Jan 19 2025

काठमाडौं महानगरकि उपप्रमुख सुनिता डंगोलले सानो गौचरण स्टेडियमको अनुगमन गरिन



काठमाडौं । काठमाडौं महानगरपालिकाले पछिल्लो समय पूर्वाधार अनुगमन कार्यलाई तीव्रता दिँदै आएको छ । उपप्रमुख सुनिता डंगोल संयोजक रहेको अनुगमन समितिले सडक, सडक किनारा, ढल निकास, भवनजस्ता भौतिक पूर्वाधारको गुणस्तरीयता र दिगोपनाका लागि पूर्वाधार अनुगमन कार्यलाई तीव्र बनाएको हो ।

पछिल्लो समय नियमित जसो अनुगमन गर्दै आएको उपप्रमुख डंगोल नेतृत्वको समितिले बिहीबार पनि नियमित अनुगमनकै क्रममा पुनर्निर्माण भैरहेको सानो गौचरण स्टेडियमको अनुगमन गरेको छ ।

करिब एक हप्ता अघि मात्रै शिलान्यास गरेर पुनर्निर्माण भैरहेको स्टेडियमको अनुगमन गर्न उपप्रमुख डंगोल आज सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीसहित सानो गौचरण पुग्दा त्यहाँ काम धमाधम भइरहेको थियो ।

उनले अनुगमनको काम परियोजनाहरु सम्पन्न भएपछि मात्रै होइन परियोजनाहरु सुरु हुँदै गर्दा पनि गर्नुपर्छ र त्यसले गुणस्तरीय संरचना निर्माणमा सहयोग पुग्छ भनेर निर्माण पूर्व पनि अनुगमन नियमित गर्दै आएको जानकारी पनि दिइन् ।

‘सानो गौचरणको नमूना मात्रै हो । हामीले अरु ठाउँमा पनि अनुगमनलाई नियमित गर्दै आएको हौँ । सानो गौचरण अझ महत्वपूर्ण भएकाले त्यहाँ पनि गएका हौँ’,

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  ६ : ३१ बजे