फाल्गुन २, २०८१ शुक्रबार Fri Feb 14 2025

भाटभटेनी सुपरमार्केट्सले ५४ सदस्यलाई थाइल्यान्डको सिकाई सिक्न पठायो



काठमाडौं । भाटभटेनी सुपरमार्केट्सले आफ्नो टीमका ५४ सदस्यलाई ६ दिन थाइल्यान्ड पठाउने भएको छ ।

‘भाटभटेनी रिट्रिट्स टुर’ नाम दिइएको उक्त यात्राका लागि ५४ सदस्यीय टोली भोलि थाइल्यान्ड जान लागेको हो ।

थाइल्यान्डमा रहँदा उनीहरुले त्यहाँको जीवन्त संस्कृतिका बारेमा जानकारी लिने र अवलोकन गर्ने भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले जानकारी दिए ।

भाटभटेनीका सीओओ पानु पौडेलका अनुसार अध्यक्ष गुरुङले थाइल्यान्ड जाने समूहलाई बिदाइ गर्दै शुभकामना व्यक्त गरेका छन् । ६ दिनको बसाइपछि टोलीका सदस्य नेपाल आएर त्यहाँ देखेका र सिकेका कुराले फाइदा पुग्ने गुरुङले बताएका थिए ।

यो पहिलो टोली भएकाले अरु टोलीलाई पनि विभिन्न चरणमा थाइल्यान्डसहित अन्य मुलुकमा पनि पठाउने तयारी गरिएको सीओओ पौडेलले जानकारी दिए ।रासस

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  ६ : २१ बजे