१३ भदौ २०८३, शनिबार Sun Aug 30 2026

२५ मेगावाटको सेति नदि जलविद्युत परियोजनाको विधुत उत्पादन सुरु



काठमाडौं । २५ मेगावाटको सेती नदी जलविद्युत् परियोजनाबाट व्यावसायिक विद्युत् उत्पादन सुरु गरिएको छ। गत असोजदेखि नै उक्त परियोजनाबाट परीक्षण उत्पादन सुरु भएको थियो। त्यसमा २७ कात्तिकबाट परियोजनाको व्यावसायिक उत्पादन गणना गर्ने गरी नेपाल विद्युत् प्राधिकरणले सोमबार निर्णय गरेको हो।

भिजन लुम्बिनी ऊर्जा कम्पनीले पाँच अर्ब रुपैयाँ लगानीमा कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ मा यो परियोजना बनाएको छ। ०७७ को अन्तिमबाट यसको निर्णय सुरु गरिएको थियो। कम्पनीले चार वर्षमै परियोजना सञ्चालनमा ल्याएको हो। परीक्षण उत्पादन सफल भएपछि थप कानुनी प्रक्रिया पूरा गरेर कम्पनीलाई व्यावसायिक उत्पादनको स्वीकृत दिएको विभागको भनाइ छ।

बिहीबार यससम्बन्धी पत्र प्राप्त भएको बताउँदै कम्पनीका अध्यक्ष जगत पोखरेलले प्राधिकरणको निर्णय स्वागतयोग्य भएको बताए। ‘योसँगै अब कम्पनीको आम्दानी पनि सुरु भएको छ। साथै, परियोजना सञ्चालनमा आउँदा राष्ट्रिय प्रसारण प्रणालीमा विद्युतको आपूर्ति थप बढ्नेछ,’ उनले भने, ‘अब लगानीकर्ताले पनि लाभांश पाउने सम्भावना बढेको छ।’

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  ६ : ०७ बजे