माघ ५, २०८१ शनिबार Sun Jan 19 2025

बेलायत गएर नफर्केका वडा अध्यक्ष



काठमाडौं । दाङको राप्ती गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष चन्द्रबहादुर गुरूङ कार्यालय नआएको पाँच महिना पुग्यो।

वडाध्यक्ष गुरूङले गत साउन १६ गते वडा सदस्य चम्फा पुनलाई कार्यवाहक तोकेर बेलायत गएका थिए।

तर, उनी हालसम्म सम्पर्कविहीन रहेको गाउँपालिका अध्यक्ष प्रकाश विष्टले जानकारी दिए।

उहाँको विषयमा अत्तोपत्तो छैन, हालसम्म सम्पर्कमै आउनुभएको छैन,’ अध्यक्ष विष्टले भने।

वडाध्यक्ष गुरूङ पदबाट राजीनामा नदिएरै विदेश गएका थिए।

‘उहाँले राजीनामा दिएर गएको भए मंसिर १६ मा यहाँ पनि उपनिर्वाचन हुन्थ्यो,’ गाउँपालिका अध्यक्ष विष्टले भने, ‘वडाले कम्तिमा वडाध्यक्ष त पाउँथ्यो।’

उनि एमाले बाट निर्वाचित वार्ड अध्यक्ष हुन।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  ५ : ०५ बजे