३० असार २०८३, मंगलबार Tue Jul 14 2026

९ बर्षअघि शिलान्यास गरिएको विपिको शालिक आज धुलिखेलमा उद्दघाटन गरियो



काठमाडौं ५ ,असोज । काभ्रेको धुलिखेलमा बीपी कोइरालाको सालिक स्थापना गरिएको छ । धुलिखेल नगरपालिका–६, जरणडाँडास्थित धुलिखेल अस्पताल चोकमा बीपी कोइरालाको प्रतिमा स्थापना गरिएको हो ।
उक्त स्थानमा निर्माण गरिएको बीपी कोइरालाको प्रतिमा शनिबार एक कार्यक्रमका बिच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अनावरण गरेका छन् । कांग्रेस धुलिखेल नगर समितिको अग्रसरतामा निर्माण गरिएको बीपी कोइरालाको प्रतिमा पूर्व प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाले अनावरण गरेका हुन् ।
ढलौटबाट बनेको पूर्ण कदको प्रतिमाको लागत १५ लाख रुपैयाँ रहेको बीपी कोइराला प्रतिमा निर्माण समितिका संयोजक जितकृष्ण श्रेष्ठले जानकारी दिए । २०७१ सालमा शिलान्यास गरिएको प्रतिमा निर्माण ९ वर्षपछि निर्माण सम्पन्न गरी अनावरण गरिएको पूर्व सभापति समेत रहेका श्रेष्ठले बताए ।
अनावरण कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं बीपी पुत्र शशाङ्क कोइराला, केन्द्रीय सदस्यहरू मोहनबहादुर बस्नेत, शिवप्रसाद हुमागाई, उमेश श्रेष्ठ, मधु आचार्य, गणेश लामा, जिल्ला सभापति तीर्थ लामा लगायतका नेता कार्यकर्ताको सहभागिता थियो ।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  ५ : ३७ बजे