२५ आश्विन २०८३, आइतबार Sun Oct 11 2026

आफु रिटायर हुदैछु अब कता लाने कांग्रेस तपाईंहरुको हातमा छ : देउवा



काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेसँग मिलेर सरकार बनेपछि कांग्रेस छाडेर अन्य दलमा जानेहरू पुनः कांग्रेसमै फर्कन थालेको दाबी गरेका छन् ।

बिहीबार पार्टी कार्यालय सानेपामा नेपाली कांग्रेसले नेतृत्व गरेका उत्कृष्ट गाऊँ–नगरपालिकालाई सम्मान कार्यक्रममा बोल्दै उनले सरकारबाट पार्टी बाहिर रहे सकिन्छ भन्ने गुनासो आएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर सरकार बनाएको बताए ।

‘सहमति नेपाली कांग्रेसका साथीहरूको भावना अनुसार हो । धेरै साथीहरूले भन्नुभयो जहाँ जाँदा पनि सरकार फर्काउनु पर्छ हाम्रो पार्टी सिद्धिन्छ भन्नुभयो । ओलीजीसँग कुरा गरे अनि सकारात्मक कुरा आयो‚’ उनले भने ।

आफू उमेर लगायत अनेक कारणले रिटार्डमेन्टको बेला पुगेको भन्दै उनले कांग्रेसलाई कता लाने अबको पुस्ताले चिन्ता गर्नुपर्ने उल्लेख गरे । ‘भोलीको दिन चुनौतीपूर्ण र महत्त्वपूर्ण अवसर पनि छ । त्यसैले चुनौती र अवसर दुबैलाई मिलाएर अघि बढ्नुस्‚’ उनले भने‚‘त्यस कारण भोलीका नेताहरूलाई च्यालेन्ज गर्छु‚ काम गर्नुस् एक अर्कालाई गाली गरेर केही हुँदैन ।’

प्रकाशित मिति : २७ भदौ २०८१, बिहिबार  ६ : १० बजे