असार २, २०८१ शनिबार Sun Jun 16 2024

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल बेलायत प्रस्थान



काठमाडौं । ब्रिटिश काउन्सिलको निमन्त्रणामा वुमन अफ द वल्र्ड फेस्टिभलमा सहभागी हुन काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल बुधबार बेलायत गएकी छिन् ।

उपप्रमुखसँग भ्रमण टोलीमा वडा नम्बर २७ की सदस्य श्रृष्टि कंसाकार, सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राई र महाशाखा प्रमुख श्रृजुमैयाँ प्रधान पनि बेलायत गएकी छन् ।

महोत्सव बेलायतको म्यानचेस्टर सहरको अभोभा स्टुडियोमा जेठ ११, १२ र १३ गते हुने उनको सचिवालयले जनाएको छ । भ्रमणको अवधि १० दिनको हुनेछ

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  ७ : ०८ बजे