असार ३, २०८१ आइतबार Sun Jun 16 2024

कांग्रेसको चुनौती कान्तिपुर मालिक सिरोहिया खै कहाँ छ्न गृहमन्त्रीज्यु



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई कारबाही गर्न चुनौती दिएको छ । 

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस सांसद सांसद बद्रीप्रसाद पाण्डेले सिरोहियामाथि कारबाही भए कांग्रेसले नसहने बताए । 

उनले राणा र राजालाई समेत नसहेको कांग्रेसले गृहमन्त्रीलाई पनि त्यस्तै अवस्थामा पुर्‍याइदिने चेतावनी दिए । 

कांग्रेस सांसद पाण्डेले भने, ‘भर्खर सुनिएको समाचार अनुसार कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ पुर्जी जारी भएको मैले सुनेको छु । कानुनी दायरामा हरेक नागरिकलाई ल्याउनुपर्छ तर आग्रह र पूर्वाग्रह राखेर कसैमाथि कारबाही भयो भने नेपाली कांग्रेसले राणालाई सहेन, राजालाई सहेन, कसैलाई पनि सहँदैन त्यो पनि म जानकारी गराउन चाहन्छु ।’

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलबार  २ : ०६ बजे