श्रावण ११, २०८१ शुक्रबार Sat Jul 27 2024

बालेन फ्रान्स यता गौशालामा डोजर चलिरहेछ



काठमाडौं । काठमाडौँ महानगरपालिकाले गौशाला चोक आसपासमा सडक क्षेत्र मिचेर बनाएका घरटहरा आइतबारदेखि भत्काउन सुरुआत गरेको छ । 

मापदण्ड विपरीत जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा डोजर लगाएर भत्काउन थालिएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

उनले भने, ‘गौशाला चोक आसपासमा सडक किनार अतिक्रमण गरी बनाइएका घरटहरा र सटरहरु आजदेखि भत्काउन सुरु गरिएको छ, सबै कति घर छन्, भत्काएपछि मात्रै थाहा हुनेछ ।’

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आइतबार  ७ : २८ बजे