असार ९, २०८१ शनिबार Sat Jun 22 2024

गोदावरी नगरपालिकाले आयोजना गरेको उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ महानगरपालिका विजेता



ललितपुर । गोदावरी नगरपालिका वडा नं. १० टाहाखेल वहुउद्देश्यीय रङ्गशालामा आज चन्द्रागिरी नगरपालिकाको टीमसँग भएको फाइनल खेलमा २-१ अन्तरले महानगरपालिका विजेता भएको हो । यससँगै महानगरपालिकाले नगद ५ लाख रुपैयाँसँगै ट्रफी प्राप्त गरेको छ । यस्तै खेलाडीहरुलाई पदक र मेडल प्रदान गरिएको छ ।

खेलमा काठमाडौँ महानगरपालिकाका प्रशिक्षक सन्तोष न्यौपानेले उत्कृष्ठ प्रशिक्षक, किपर सुदीप गिरीले उत्कृष्ट किपर र एरिक विष्टले उत्कृष्ठ खेलाडी उपाधि प्राप्त गर्नुभयो । आजको खेलको म्यान अफ द म्याच महानगरका खेलाडी अखिलेश कार्कीले प्राप्त गर्नुभयो ।

प्रकाशित मिति : ५ जेष्ठ २०८१, शनिबार  ९ : ०३ बजे