श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

ललितपुर मेयर्स कपको उपाधी एपीएफले लग्यो



ललितपुर । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनल खेलमा एपीएफले सुदूरपश्चिमलाई २ रनले पराजित गरेको हो । प्रतियोगितामा एपीएफले अपराजित  रहँदै उपाधि उचालेको हो ।

एपीएफका लागि करुणा भण्डारीले २ तथा सुमन विष्टले १ विकेट लिए ।

पहिले ब्याटिङको निम्तो पाएको एपीएफले पूरै ओभर खेलेर ४ विकेटको क्षतिमा १५५ रन बनाएको थियो ।

१५६ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको सुदूरपश्चिमले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा १५३ रन बनायो । सुदूरपश्चिमका लागि कविता जोशी ६७ र लक्ष्मी साउद २९ रनमा अविजित रहिन् ।

एपीएफका लागि कप्तान सीता राना मगर र राजमतीले अर्धशतकीय पारी खेलिन् । सीताले ५५ बलमा ८ चौका प्रहार गर्दै ७४ रन बनाईन् । राजमतीले ४६ बलमा ७ चौका प्रहार गर्दै ५० रनको योगदान गरिन् ।

सुदूरपश्चिमका लागि ऋतु कनौजिया, विन्दु रावल र राधिका पुजाराले १–१ विकेट लिए ।

प्रकाशित मिति : ५ जेष्ठ २०८१, शनिबार  १ : २६ बजे