श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

खाँदवारी नगरपालिकाको न्यायिक समिति, काठमाडौँ महानगरपालिकाको अध्ययन अवलोकनमा



काठमाडौं । कोशी प्रदेश, सङ्खुवासभा जिल्लाको खाँदबारी नगरपालिकाकी उपप्रमुख महेश्वरा श्रेष्ठ बज्राचार्य नेतृत्वको अध्ययन टोली काठमाडौं महानगरपालिकाको निम्तोमा काठमाडौं आएको छ ।सो अवसरमा ‘वडा स्तरीय महिला सञ्जाल’, ‘मेलमिलाप कक्ष’ र ‘कानुनी सहायता’ काठमाडौँ महानगरपालिकाका सिकाइ योग्य काम भएको उपप्रमुख सुनिता डंगोलले बताउनुभएको छ । कोशी प्रदेश, सङ्खुवासभा जिल्लाको खाँदबारी नगरपालिकाकी उपप्रमुख महेश्वरा श्रेष्ठ बज्राचार्य नेतृत्वको अध्ययन टोलीसँगको छलफलका क्रममा डंगोलले यस्तो बताउनुभएको हो ।

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार  ५ : २६ बजे