चैत्र ४, २०८१ सोमबार Mon Mar 17 2025

लामखुट्टेको प्रकोप नियन्त्रण गर्न लहान नगरपालिकाले झुल वितरण



काठमाडौं । गर्मी र वर्षातको मौसम सुरु भएपछि लामखुट्टेको प्रकोप बढेको छ। त्यही प्रकोपबाट जोगाउन सिरहाको लहान नगरपालिकाले झुल वितरण सुरु गरेका छन्। 

वडा नम्बर १५ ढोढनाबाट वितरण सुरु गरेका छन्। त्यहाँको २७५ विपन्न, दलितलाई वितरण गरिएको मेयर महेश चौधरीले जानकारी गराए।

‘गर्मी र वर्षातको मौसम सुरु हुनेबित्तिकै लामखुट्टेको प्रकोप बढेको छ। टोकाइबाट मानिसहरू बिरामी पर्न थालेका छन्

यस नगरका २४ वटै वडाका गरिब, विपन्न र दलित परिवारलाई पालैपालो झुल वितरण गरिने उनले मेयर चौधरीले सुनाए। डेंगु, मलेरिया जस्ता रोगबाट जोगिन मद्दत पुग्ने उनले सुनाए।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  ९ : ०४ बजे