श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

‘कान्स फिल्म फेस्टिभल’मा सहभागी हुन मेयर शाह फ्रान्स प्रस्थान



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह फेस्टिभलका विभिन्न कार्यक्रममा सहभागी हुन आज फ्रान्स प्रस्थान गरेका छन । त्यस क्रममा मेयर शाहले लिसनार्ड र फेस्टिभल निर्देशकसँग भेटवार्ता गर्नेछन। फेस्टिभलको रेडकार्पेट र प्रिमियर कार्यक्रममा मेयर शाह सहभागी हुनुहुनेछ ।

यस्तै अडियो भिजुअल कन्टेन्ट क्रियशन चेनको अवलोकन गर्नुहुनेछ । उहाँको सम्मानमा कान्सको मल्टिमिडिया लाइब्रेरीमा रिसेप्सनको आयोजना हुनेछ । फेस्टिभल १२ दिन चल्नेछ । यीमध्ये मेयर शाह ३ दिनको कार्यक्रममा सहभागी भएर जेठ ७ गते स्वदेश फर्कनुहुनेछ ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  ८ : ५८ बजे