श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

राजेशमानको डोजर कदम



वीरगञ्‍ज महानगरपालिका प्रमुख राजेशमान सिंहले वीरगञ्‍जका मठमन्दिर केही व्यक्ति  र संस्थाले गरेको अतिक्रमणलाई हटाउने अभियान नै सुरुआत गरेको बताए । “

काठमाडौं । वीरगञ्‍ज महानगरपालिकाले वडा नं ९ स्थित गीता मन्दिर परिसरका अनधिकृतरुपमा निर्माण गरिएका सटर भत्काएको छ । अनधिकृत रूपमा कब्जा गरेर मन्दिर परिसरमा निर्माण गरिएका आधा दर्जनभन्दा धेरै सटरलाई महानगरले आज तीनवटा एक्जाभेटर लगाएर भत्काएको हो ।

वीरगञ्‍ज महानगरपालिका प्रमुख राजेशमान सिंहले वीरगञ्‍जका मठमन्दिर केही व्यक्ति  र संस्थाले गरेको अतिक्रमणलाई हटाउने अभियान नै सुरुआत गरेको बताए । “भगवानलाई बन्धक बनाएर राख्न पाइँदैन, श्रद्धालु भक्तजनले जुनसुकै ठाउँबाट पनि मन्दिरको दर्शन गर्न पाउनुपर्छ भन्ने मान्यतासहित अनधिकृत रूपमा निर्माण गरिएका संरचना भत्काएका हौँ”, नगरप्रमुख सिंहले भने, “वीरगञ्जका केही त्यस्ता व्यक्ति तथा संस्थाले मठमन्दिरमा भगवानलाई बन्धक बनाएर राख्ने चलन छ ।

नगरप्रमुख सिंहले केही व्यक्तिले अनधिकृत रूपमा सार्वजनिक मठमन्दिर वरपर संरचना निर्माण गराएर कमाइखाने भाँडो बनाइरहेकाले सो लाइ हटाउने अभियान थालेको बताए । 

“केही व्यक्तिले बिनाअनुमति मन्दिरको सौन्दर्यीकरणलाई प्रत्यक्ष प्रभावित पार्ने गरी विभिन्न सटर थापेको पनि पाइयो”, उनले भने, “गीता मन्दिर परिसरमा अनुमतिबेगर नै व्यापारिक सटर निर्माण गरेर सञ्चालन गरेको पाइएपछि भत्काएका हौँ ।”

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ९ : ०८ बजे