श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

करेन्ट लागेर श्रीमतीको मृत्यु, श्रीमान् घाइते



आजको पत्रपत्रिकाबाट

facebook sharing button
sharethis sharing button

काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिका–९, रामनगरमा करेन्ट लागेर श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाइते हुनुभएको छ । रामनगरका राम महतोकी श्रीमती २८ वर्षीया कुसुमदेवी महतोको करेन्ट लागेर मृत्यु भएको हो । चुँडिएर भुईँमा लत्रिएको वाइफाइको तार उठाउन खोज्दा सुरुमा श्रीमान् ३४ वर्षीय रामलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । 

श्रीमानलाई करेन्ट लागेपछि हतारहतार तार छुटाउन खोज्दा श्रीमती कुसुमदेवीलाई समेत करेन्ट लागेको स्थानीयले बताएका छन् । दुवै जनालाई तत्कालै उद्धार गरी श्रीमान् रामलाई अमृत हेल्थ केयर बयलवास र श्रीमती कुसुमदेवीलाई सिद्धि विनायक अस्पताल बर्दिबास पुर्याइएको थियो । 

कुसुमदेवीलाई बर्दिबास पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय केशरगञ्जका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । श्रीमान् रामको भने बयलवासमा उपचार जारी छ।गोरखापत्र दैनिक

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  १० : २८ बजे