जेष्ठ ७, २०८१ सोमबार Tue May 21 2024

नेपाल-भारत विकास सहकार्य’ अन्तर्गत बैतडीमा ३ करोड लागतमा विधालय भवन बन्दै



काठमाडौं । भारतले सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लामा सामुदायिक माध्यमिक विद्यालय भवनको शिलान्यास  एक कार्यक्रमका विच गरेको छ ।

शुक्रबार एक कार्यक्रम गर्दै पाटन नगरपालिकाका मेयर गौरी सिंह रावल र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव अविनाश कुमार सिंहले उक्त परियोजनाको शिलान्यास गरेका हुन् ।

जसमा ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको नेरु.३ करोड लागत लागेको छ । उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूले उपस्थिति जनाएका थिए ।

कार्यक्रममा बोल्दै पाटन नगरपालिकाका मेयर रावलले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पुऱ्याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ५ : ५० बजे