जेष्ठ ४, २०८१ शुक्रबार Fri May 17 2024

बालेन शाह काठमाडौं मात्र होईन देशभरिकै मेयरको जिम्मेवारी वहन गर्दै



गरिब र असहायका मेयर बालेन शाह

काठमाडौँ । काठमाडौँ महानगरपलिकाका प्रमुख बालेन शाहले जुनसुकै पालिकाका गरिव तथा असहायको उपचार काठमाडौँ महानगरले गर्ने बताएका छन् । सम्बन्धित वडाको सिफारिस लिएर आएमा निःशुल्क उपचार गरिने उनको भनाइ छ । हिजो सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– ‘नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगर आउनुहोला । हामीसँग ४३ अस्पतालका ३२३ बेड आबद्ध छन् । त्यहाँ बिरामीको आवश्यकता अनुसार निःशुल्क उपचार हुनेछ । ‘

साथै प्रमुख शाहले निःशुल्क उपचारबारे थप जानकारी चाहिएमा, काठमाडौँ महानगर स्वास्थ्य विभागमा सम्पर्क गर्न पनि आग्रह गरेका छन् । 

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ९ : ५२ बजे