बैशाख २१, २०८१ शुक्रबार Fri May 3 2024

लम्कीचुहा नगरपालिकाले किटनाशक विषादीयुक्त झुल वितरण गरेको छ



कैलाली । कैलाली जिल्लाको लम्कीचुहा नगरपालिकाको वडा न.७ मा नगर प्रमुख सुशीला शाहीज्युको प्रमुख आतिथ्यमा किटनाशक विषादियुक्त झुल नि: शुल्क वितरण गरिएको छ ।

गर्मी मौसममा लामखुट्टेको तराईमा त आतंक नै हुने गर्दछ । यहि जनतासङ्ग प्रत्यक्ष सरोकार राख्ने समस्यालाई मध्यनजर गर्दै नगरपालिका ,वडा कार्यालय र स्वास्थ्य इकाईको आयोजनामा सयुक्तरूपमा झुल वितरण गरिएको लम्कीचुहा नगरपालिकाको सचिवालयले जानकारी गराएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ९ : १२ बजे