बैशाख १५, २०८१ शनिबार Sat Apr 27 2024

लुम्बिनी प्रदेश सभाः हिउँदे अधिवेशनको पहिलो बैठक आज बस्दै



दाङ। लुम्बिनी प्रदेशको हिउँदे अघिबेशनको पहिलो बैठक आज बस्दैछ । तेस्रो प्रदेश अधिवेशनका लागि गरेको आह्वान अनुसार दिउँसो बैठक बस्न लागेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।

सरकारले हिउँदे अधिवेसनमा स्थानीय तहको निजामती कर्मचारी विधेयक लगायत ४ वटा विधेयक दर्ताको तयारी गरेको छ । लुम्बिनी प्रदेशसभाको बैठक गत भदौ २६ देखी वस्न सकेको थिएन । लामो समय पछी प्रदेश सभाको तेस्रो अधिवेसनको पहिलो बैठक बस्न थालेको हो ।

प्रदेशसभाको बैठक बस्न नसक्दा प्रदेशसभा सदस्यहरु काम बिहिन बनेका थिए । दुई वटा अधिवेसनमा ३५ वटा बैठक सम्पन्न भएका थिए । ५७ घण्टा ३३ मिनेट छलफल हुदा प्रदेशसभाले मुल विधेयक एउटासहित जम्मा चार वटा विधेयक पारित गरेको थियो ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  १० : ५६ बजे