४ बैशाख २०८३, शुक्रबार Fri Apr 17 2026

प्रतिनिधिसभा बैठक बस्दै, विमस्टेक बडापत्र प्रस्तुत गरिने



काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ ।

संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसूची अनुसार सभामुख देबराज घिमिरेले कार्य ब्यवस्था परामर्श समितिका सदस्यहरूको नाम हेरफेर भएको बारेमा जानकारी दिनेछन् । र, परराष्ट्र मन्त्री नारायणप्रकाश साउँदले ‘विमस्टेक वडापत्र’ प्रस्तुत गर्नेछन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले ‘निर्माणमुखी सामग्री (ब्यवस्थापन तथा नियमन) विधेयक २०८० प्रस्तुत गर्न अनुमति माग्ने छिन भने त्यसपछि बैठकमा प्रस्तुत गर्नेछिन् ।

अर्थमन्त्री प्रकाशशरण महतले ‘भन्सार विधेयक २०८० माथि विचार गरियोस’ भन्ने प्रस्ताव पेस गर्नेछन भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राज्य ब्यवस्था समितिको प्रतिबेदन सहितको ‘राष्ट्रियसभामा उत्पति भएको अनुगमन तथा मुल्याङकन विधेयेक २०८० माथि छलफल गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

साथै, सो विधेयकलाइ पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेयले सार्बजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  १० : ५० बजे