बैशाख २४, २०८१ सोमबार Mon May 6 2024

भुमिहिनकी मेयर सुशीला शाही



काठमाडौं । कैलाली जिल्लाको लम्किचुहा नगरपालिका आफैमा परिचित नगरपालिका हो । कहिले डोजर त कहिले अनेक कारण ।

पछिल्लो समय आफ्नो चुनावमा वाचा गरेका प्रतिबद्धता पुरै गर्दै अगाडि बढीरहेकी छ्न नगरप्रमुख शाहिले ।उनले आज एक कार्यक्रमका बिच दलित, मुक्तकमैया, हलिया, बादिसमुदाय, बाढी प्रभावित र अन्य जोखिममा परेका परिवारलाई सुरक्षित आवासको माध्यमबाट उनीहरुको मर्यादित जीवनलाई सुनिश्चित गर्न नगर प्रमुख आवास कार्यक्रम अन्तर्गत दोस्रो चरणमा लम्कीचुहा नगरपालिका वडा नं. ४ कौवापुर मुक्तकमैया शिविरमा नगर प्रमुख सुशिला शाही ज्युले घरहरुको शिलान्यास गर्नुभएको नगरपालिकाको सामाजिक संजाल मार्फत बताएकी छ्न ।

नगरप्रमुख शाही निडर साहसी प्रमुख समेत रहेको देशब्यापी चर्चा हुने गर्दछ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ६ : ४३ बजे