जेष्ठ ७, २०८१ सोमबार Mon May 20 2024

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज , अध्यक्ष प्रचण्डले जवाफ दिने



काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज पनि बस्दै छ । बिहीबारबाट सुरु भएको स्थायी कमिटीको आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीति विषयमा नेताहरूले उठाएको प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।

दिउँसो १ बजेबाट सुरु हुने बैठकमा माओवादी विशेष रुपान्तरण अभियानमा उत्कृष्ट काम गर्नेहरूलाई सम्मान र काममा नजानेहरूलाई कारबाही गर्ने समेत कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  १० : ५४ बजे