बैशाख १५, २०८१ शनिबार Sat Apr 27 2024

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा डा चित्रबहादुर बुढाथोकी नियुक्त



काठमाडौं।त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. चित्रबहादुर बुढाथोकी नियुक्त भएका छन् ।

शिक्षामन्त्री अशोक राई नेतृत्वको सिफारिस समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस गरेको थियो ।

समितिले चित्रबहादुर बुढाथोकी, टंकनाथ धमला र केशरजंग बरालको नाम उपकुलपतिका लागि सिफारिस गरेको समिति स्रोतले जनाएको छ ।

उपकुलपतिका लागि ४३ जनाले उम्मेदवारी दिएका थिए । ती मध्ये एक जनाको आवेदन अस्वीकृत गरिएको थियो भने १४ जना सर्टलिष्टमा परेका थिए । सर्टलिष्टमा परेका १४ जनाको सोचपत्र तथा कार्ययोजनाको प्रस्तुतीकरण पछिको अन्तर्वार्ताबाट उनीहरु सिफारिसमा परेका थिए ।

ती मध्ये डा. बुढाथोकीलाई सरकारले उपकुलपतिमा नियुक्त गरेको जनाइएको छ ।

बुढाथोकी यसअघि शिक्षाशास्त्र संकायको सहायक डिन भएर चार वर्ष काम गरेका थिए भने सोही संकायमा साढे ३ वर्ष डिनको रुपमा काम गरेका थिए । भारतको जवाहरलाल नेहरू विश्वविद्यायबाट विद्यावारिधि गरेका बुढाथोकी लामोसमयदेखि त्रिविसँग जोडिएका थिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ९ : ५२ बजे