जेष्ठ ७, २०८१ सोमबार Mon May 20 2024

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । फागुन १० गते बिहीबार बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने गरी बैठक आह्वान गरिएको हो ।

बैठकमा पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा छलफल हुने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार बैठकमा केन्द्रीय नेताहरुलाई जिम्मेवारी बाँडफाँट गर्नेलगायतका विषयमा छलफल हुने छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ९ : ४७ बजे