बैशाख १९, २०८१ बुधबार Thu May 2 2024

डीडीसीका महाप्रबन्धक झामाथि दुर्व्यवहार



काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी)का महाप्रबन्धक सञ्जिव झामाथि दुर्व्यवहार भएको छ । शुक्रबार बिहान मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले कार्यकक्षमै दुर्व्यवहार महाप्रबन्धक झा माथि दुव्र्यवहार गरेका हुन् । उनीहरुले झामाथि दुव्र्यवहार गरेर क्रान्तिकारीको नारा लगाएर त्यहाँबाट भागेका थिए ।

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले यसअघि माघ २९ मा यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालमाथि पनि कार्यालय परिसरभित्र दुर्व्यवहार गरेका थिए ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  १२ : ५४ बजे