३० जेष्ठ २०८३, शनिबार Sat Jun 13 2026

आगामी आर्थिक वर्षको बजेटको सिलिङ १८ खर्ब तोकियो



काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१र८२ को बजेटको सिलिङ तयार पारेको छ । अर्थमन्त्रीले पत्रकार सम्मलेन गर्दै यस्तो जानकारी दिएका हुन् । सरकारले आगामी वर्षको बजेट सिलिङ १८ खर्बको तयार पारेको हो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ नेतृत्वको स्रोत समितिले आगामी आर्थिक वर्षका लागि १८ खर्बको बजेट सिलिङ तयार पारिएको हो । सोही आधारमा सरकारले आगामी आर्थिक वर्षको बजेट आउने अर्थमन्त्री डा.प्रकाशशरण महतले जानकारी दिए।

चालु आर्थिक वर्ष २०८०र८१ को बजेट १७ खर्ब ५१ अर्ब छ। योभन्दा आगामी आर्थिक वर्षको बजेट आधा खर्ब बढी हुने भएको हो। अर्धवार्षिक समीक्षामा खर्चका बारेमा आँकलन गरेर आगामी दिनमा कति बजेट ल्याउने भन्ने विषयमा समिक्षा भएको तर बजेट कटौती नभएको अर्थमन्त्री महतले बताए ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  १२ : ५२ बजे