बैशाख १५, २०८१ शनिबार Sun Apr 28 2024

सरकारी अस्पताललाई प्रभावकारी बनाउन आग्रह



बारा । प्रदेशिक अस्पताल कलैयामा मिर्गौलको विरामीलाई उपचार गर्न ‘डायलासिस’ र नवजात शिशु उपचार कक्ष ‘एसएनसियू’ सेवा सुरुआत गरिएको छ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार ती दुवै सेवाको शुभारम्भ गर्नुहुँदै सरकारी अस्पतालको सेवालाई अझ प्रभावकारी बनाउन आग्रह गरे ।

आगामी दिनमा अस्पताललाई प्रदेशकै नमूना अस्पतालका रुपमा विकास गर्ने सोच प्रदेश सरकारको रहेको उनले जानकारी दिए । अस्पताल विकास समितिका अध्यक्ष प्रकाश चौगाईले अस्पतालमा स्वास्थ्यकर्मीको अभाव रहेको बताए । अस्पतालका प्रमुख डाक्टर अजय गुप्ताले अस्पतालको सेवालाई विस्तार गर्दै जाने नीति रहेको जानकारी दिए ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहिबार  ९ : ४४ बजे