बैशाख ३१, २०८१ सोमबार Mon May 13 2024

काठमाडौं महानगरद्वारा कर्मचारी माग



काठमाडौं।काठमाडौं महानगरपालिकाले सातौँ र आठौँ तहमा करार नियुक्तिका लागि आवेदन मागेको छ। महानगरले फूड टेक्नोलोजिष्ट, माइक्रो बायोलोजिष्ट र मेडिकल अधिकृत पदमा आवेदन मागेको हो।

महानगरले एक सार्वजनिक सूचनामार्फत सात दिन भित्र दरखास्त पेस गर्न आह्वान गरेको छ। आवेदकको मूल्याङ्कन परीक्षा फागुन १२ र अन्तरवार्ता फागुन १३ गते हुने सूचनामा उल्लेख छ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ११ : ०२ बजे