फाल्गुन २, २०८१ शुक्रबार Fri Feb 14 2025

अर्घाखाँचीमा जीप दुर्घटना : दुईको मृत्यु



अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–२ ढाकाबाङको खोलाखर्कमा लु १ ज १६७९ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।

उपल्लो ढाकाबाङबाट सन्धिखर्क जाँदै गरेको जीप आज (शनिबार) बिहान ७ बजेतिर दुर्घटना भएको भूमिकास्थान नगरपालिका–२ का वडाअध्यक्ष बुद्धि थापाले जानकारी दिए । दुर्घटनामा परी मृत्यु हुनेमा भूमिकास्थान नगरपालिका–२ निवासी देवा बेल्वासे र सन्धिखर्क नगरपालिका–८ निवासी जेमकला आचार्य रहेको थापाले बताए ।

यस्तै घाइते हुनेमा पणेनाकी कोपिला खनाल र उनका ८ महिनाको छोरा रहेको वडा नं २ का वडा सदस्य नारायण प्रसाद खनालले जानकारी दिए । घाइतेलाई अहिले अर्घाखाँची जिल्ला अस्पताल ल्याइँदै छ ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  १० : १२ बजे