फाल्गुन ५, २०८१ सोमबार Mon Feb 17 2025

बेलीब्रिजकालागी खनियाबास र नेत्रावती डवजोङको द्धिपक्षिय सम्झौता



काठमाडौँ। धादिङको उत्तरी भेगमा रहेको किन्ताङफेदीमा निर्माणाधिन बेलीब्रिज सम्पन्न गर्नको लागी खनियाबास गाउँपालिका र नेत्रावती डवजोङ गाउँपालिका बिच जिटुजी सम्झौता भएको छ ।

बेलीब्रिज बनाउने कार्य तत्काल सम्पन्न गर्ने उदेश्यले आज दुई पालिका बिच लिखित सम्झौता भएको हो ।करिव १ करोडको लागतमा सम्पन्न गर्न लागिएको उक्त पुलको हाल ४० प्रतिशत काम सम्पन्न भैसकेको छ ।

सम्झौता पत्रमा नेत्रावती डवजोङ गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजाल,प्रमुख प्रशाशकीय अधिकृत हरेराम शाह र खनियाबास गाउँपालिकाका अध्यक्ष रण बहादुर तामाङ, उपाध्यक्ष सेक्केमान तामाङ र निमित्त प्रमुख प्रशाशकीय अधिकृत नवराज श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  १० : १० बजे