जेष्ठ ६, २०८१ आइतबार Sun May 19 2024

दलका नेताका क्रियाकलापकै कारण राजनीतिमा युवाको वितृष्णः उर्मिला थपलिया




काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य उर्मिला थपलियाले राजनीतिमा युवाशक्तिमा वितृष्णा पैदाहुनु अहिलेको राजनीतिक दलका नेता नै कारक भएको बताउनुभएको छ ।
स्वतन्त्र विद्यार्थी युनियन थापाथलि क्याम्पसद्धारा आयोजित कार्यक्रममा बोल्नुहुँदैं कांग्रेस केन्द्रीय सदस्य थपलियाले अहिलेका नेताहरुको क्रियाकलापका कारण राजनीतिमा युवाको वितृष्णा बढ्दै गएको बताउनुभयो ।
थपलियामा राजनीतिमा देखिएको फोहोरको डङ्गुरलाई पन्छाउनका लागि पनि युवाशक्ति राजनीतिक नेतृत्वमा आउनुपर्ने बताउँनुभयो । नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री समेत रहेका थपलियाले मुलुकको भविष्य निर्माणका लागि अब युवा विद्यार्थी सहित आम युवाशक्ति एक भएर जुट्नुपर्ने दिन आएको बतानुभयो ।
कार्यक्रममा स्वतन्त्र विद्यार्थी युनियन थापाथलिका कोषाध्यक्ष महेश बन्जाडेले राजनीतिक दलका नेताहरु राजनीतिसंगै विद्यालय स्तरमा विद्यार्थीहरुको लागि प्राविधिक र सिर्जनात्मक कार्यक्रमहरुलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । कार्यक्रममा क्याम्पस प्रशासन र विद्यार्थीहरुको उल्लेख्य सहभागिता थियो ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ६ : २६ बजे