४ बैशाख २०८३, शुक्रबार Fri Apr 17 2026

धरहरासँगै निर्माण भएको भवनमा निःशुल्क पार्किङ



काठमाडौं।धरहरासँगै निर्माण भएको पार्किङ भवनमा निःशुल्क पार्किङ सुरु हुने भएको छ ।

काठमाडौं महानगरपालिकाले निःशुल्क पार्किङ सेवा दिने भएको हो ।

न्युरोडको कालोपत्रे सडकमा पार्किङ निषेध गरेपछि धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा भोलिबाट निःशुल्क पार्किङ सेवा दिने भएको महानगरपालिकाले जनाएको छ ।

नगर प्रहरी वरिष्ठ उपरीक्षक राजु नाथ पाण्डेका अनुसार न्युरोडको पार्किङ निषेध भएपछि यो सेवा दिइएको हो ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ९ : ४४ बजे