२ बैशाख २०८३, बुधबार Wed Apr 15 2026

मुलुकलाई निकास दिनका लागि नयाँ राजनीतिक सम्झौताको खाँचो : राजेन्द्र लिङ्लेन



काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई निकास दिनका लागि नयाँ राजनीतिक सम्झौताको खाँचो रहेको बताएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा लिङ्देनले अहिलको व्यवस्थाका कारण मुलक अफ्ठ्यारो अवस्थामा रहेको भन्दै मुलुकलाई निकास दिनका लागि नयाँ राजनीतिक सम्झौताको खाँचो रहेको बताए।

राप्रपाको धर्मनिरपेक्षता, गणतन्त्र, संघीयता खारेजीको माग मुलुकलाई पछाउने विषय नभएको भन्दै उनले हिजो र आजका राम्रा कुरालाई लिएर नयाँ ढंगले अघि बढ्नुपर्ने उल्लेख गरे। उनले माओवादीदेखि राजासम्म सबै रहने व्यवस्था आउनुपर्ने बताए।

उनले सत्ता टिकाउनका लागि विदेशीसामु लम्पसार पर्ने, दूतावासहरूलाई करौडौं खर्च दिनेलगायतका कामले गणतन्त्रको १५ वर्ष नेपालको राष्ट्रियतालाई कमजोर पार्ने काममा प्रयोग भएको तर्क गरे। लिङ्देनले आफ्ना मागलाई पूरा गर्नका लागि राप्रपाले छिटै आन्दोलन गर्ने र आफूहरुको आन्दोलन शान्तिपूर्ण हुने स्पष्ट पारे।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ९ : १७ बजे