३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

सरकार अनावश्यक कुरामा अलमलिनुभन्दा युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्न लाग्नुपर्छ : बाबुराम भट्टराई



काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम रोजगारीको खोजीमा गएका युवा विदेशी भूमिमा मारिनु र तिनको शव स्वदेश ल्याउन नसक्नु लज्जाको विषय भएको प्रतिक्रिया दिएका छन्।

शनिबार बिहान सामाजिक सञ्जालमा लेख्दै उनले सरकार अनावश्यक कुरामा अलमलिनुभन्दा युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्न लाग्नुपर्ने बताएका छन्

‘हाम्रा युवाहरू रूस–यूक्रेन जस्ता युद्धग्रस्त क्षेत्रमा पुगेर दर्जनौँको संख्यामा मारिनु र उनीहरूको लाससम्म देशमा ल्याउन नसक्नु ठूलो राष्ट्रिय लज्जा र चिन्ताको विषय हो!’ उनले लेखेका छन्, ‘सरकार बाह्र सत्ताइसका कुरा गरेर बस्नु र आफ्नु अनुहार हेरेर आफै रमाएर बस्नुभन्दा एकसूत्रीय रूपमा देशमै युवाहरूलाई सम्मानजनक र आयमूलक रोजगारी सिर्जना गर्न लागी परोस्।’

उनले जनताको पक्षमा काम गर्न सुझाव दिए। नत्र समयले कसैलाई नपर्खिने उनको भनाइ छ।

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  १० : २९ बजे