१ बैशाख २०८३, मंगलबार Tue Apr 14 2026

दार्चुलामा बस दुर्घटना, १५ जना घाइते



दार्चुला।दार्चुलामा यात्रुबाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । सदरमुकाम खलंगाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सु।प।प्र।०२ ००१ ख १०३१ नम्बरको बस महाकाली नगरपालिका(५ स्थित डम्पिङ साइट नजिकै आज बिहान ६ बजेतिर दुर्घटना भएको हो ।

घाइते मध्ये एकजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए । घाइतेहरुको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ ।

बस सडकबाट करिब २० मिटर तल खसेको थियो । दुर्घटनाको थप विवरण आउँन बाँकी रहेको जनाइएको छ ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ९ : ३५ बजे