बैशाख १५, २०८१ शनिबार Sun Apr 28 2024

उद्योगी व्यवसायीहरूलाई राष्ट्रिय मर्यादाक्रममा समेट्न अध्यक्ष ढकालको माग



काठमाडौँ । नेपाल उद्योग वाणिज्य महसंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगी व्यवसायीहरूलाई राष्ट्रिय मर्यादाक्रममा समेट्न माग गरेका छन् । शनिबार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४३ औँ वार्षिक साधारण सभामा बोल्दै ढकालले आफू जिल्लाका व्यवसायीहरूका कार्यक्रममा र वस्तुगत कार्यक्रमहरूमा जाँदा पनि व्यवसायीहरूले उद्योगी व्यवसायीको मर्यादाक्रम राख्नुपर्ने कुरा गम्भीर रूपमा उठाइरहेको बताएका हुन् ।

उनले उत्कृष्ट व्यवसायी सम्मान ९सीआईपी० का क्रममा पनि आफूहरूले धेरै असहज र कठिन परिस्थितिको सामना गर्नुपरेको भन्दै परिस्थिति सहज बनाइदिन उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग आग्रह गरे । उनले व्यवसायीको सम्मानको लागि सामान्य नीति बनाएर लागू गर्न सकिने बताए । यस्तो नीति बनाउन सरकारी खर्च नहुने उनको भनाइ छ ।

कार्यक्रममा गृहमन्त्री श्रेष्ठले सरकार उद्योगी व्यवसायीहरूलाई राष्ट्रिय मर्यादाक्रममा समेट्न सरकार सकारात्मक रहेको बताए । अहिले समग्र मर्यादाक्रमका बारेमा मन्त्रालय र सरकारका अरू निकायहरूको बिचमा छलफल भइरहेको भन्दै कसरी टुङ्गोमा पुग्ने भन्ने कुराको छलफल जारी रहेको बताए । उनले चाँडै नै उद्योगीहरूको समस्या समाधानका लागि प्रधानमन्त्रीसहित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र अरू सम्बन्धित निकायहरूसहितको बैठक बोलाउने पनि बताए ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  १० : ५७ बजे