१ बैशाख २०८३, मंगलबार Tue Apr 14 2026

पृथ्वीनारायणको आत्मनिर्भर अर्थतन्त्र र परराष्ट्र नीति अझै सान्दर्भिक : सभापति देउवा



काठमाडौँ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पृथ्वीनारायण शाहले अवलम्बन गरेको स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र, परराष्ट्रलगायतका नीतिहरू अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन् ।

३०२औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले दिवसले पारस्परिक एकता र सद्भावलाई अगाडि बढाउन प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना व्यक्त गरेका छन् ।

उनले भनेका छन्, ‘तत्कालीन समयमा छरिएर रहेका ससाना राज्यहरूलाई एकीकरण गरी सबैमा एकता कायम गर्दै आधुनिक नेपाल निर्माणमा महत्वपूर्ण योगदान पु¥याउनु भएका शाहले अवलम्बन गर्नु भएका स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र, परराष्ट्र लगायतका कतिपय नीतिहरू आज पनि उत्तिकै सान्दर्भिक रहेका छन् ।’

उनले सन्देशमा भनेका छन्, ‘त्यो कालखण्डमा जो जसले सहादत दिनु भयो ती सबैलाई आजको मितिमा विशेष श्रद्धा साथ स्मरण गर्न चाहन्छु ।’

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  १० : १५ बजे