२ असार २०८३, मंगलबार Tue Jun 16 2026

राष्ट्रिय सभामा उम्मेदवार छान्न एमालेको सचिवालय बैठक भोलि बस्दै



काठमाडौं ।नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। पार्टी कार्यालय ललितपुरको च्यासलमा शुक्रबार पौने १ बजे बस्नेगरी बैठक बोलाइएको हो।

बैठकमा राष्ट्रियसभा निर्वाचन लगायत समसामयिक विषयमा छलफल गर्ने एजेण्डा तय भएको पार्टीको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

एमालेले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश कमिटीलाई बुधवारभित्र उम्मेदवार सिफारिस गरेर पठाउन निर्देशन दिएको थियो।

सिफारिस उम्मेदवारबारे शुक्रबारको बैठकमा छलफल गरेर टिकट दिने तयारी एमालेले गरेको छ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  ९ : २० बजे