बैशाख १६, २०८१ आइतबार Sun Apr 28 2024

जापानको २०२४ को बजेट ११२.०७ ट्रिलियन येन, रक्षा क्षेत्रमा बढी



जापान। जापान सरकारले आर्थिक वर्ष २०२४ को लागि ११२.०७ ट्रिलियन येन (लगभग ७८७ विलियन अमेरिकी डलर) को मस्यौदा बजेट पारित गरेको छ।

जसमा रक्षा खर्च सबैभन्दा धेरै रहेको छ। अप्रिल २०२४ देखि मार्च २०२५ सम्मको आर्थिक अवधिको लागि मन्त्रिपरिषद्ले बजेट अनुमोदन गरेको हो। विशेष गरी रक्षा बजेट ७.९५ ट्रिलियन येन रहेको छ। कुल बजेटमध्ये १ हजार २४७.७ विलियन येन क्षेप्यास्त्र रक्षा उपकरण र ७३४ विलियन येन लामो दूरीका मिसाइलहरूका लागि छुट्याइएको छ।

जापानी प्रधानमन्त्री फुमियो किशिदाले गत वर्ष राष्ट्रिय रक्षा खर्चलाई आगामी पाँच वर्षमा कुल ४३ ट्रिलियन येन पु¥याउने वाचा गरेका थिए। आर्थिक वर्ष २०२७ मा वार्षिक बजेटलाई कुल गार्हस्थ्य उत्पादनको २ प्रतिशतमा पु¥याउने घोषणा गरेका थिए।

जापान सरकारले विदेशी कम्पनीहरूबाट इजाजतपत्रमा निर्मित हतियार र गोला बारुदको निर्यातमा प्रतिवन्धलाई आफ्नो देशहरूमा र सशर्त रूपमा तेस्रो देशहरूमा प्रतिरक्षा उपकरण र प्रविधि हस्तान्तरण र कार्यान्वयन दिशानिर्देशहरूमा परिमार्जित तीन सिद्धान्तहरू अन्तर्गत खुकुलो पारेको छ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  १ : ५१ बजे