बैशाख १५, २०८१ शनिबार Sat Apr 27 2024

अध्यक्ष हिमसिखरले दिए चेतावनी



काठमाडौं । पछिल्लो समय सिमा जोडिएका दुई पालिका मोहन्याल गाउँपालिका र लम्किचुहा नगरपालिका बिच सामाजिक संजाल मार्फत युद्ध जस्तै चलिरहेकै बेला मोहन्याल गाउँपालिकाका अध्यक्षले सामाजिक सन्जाल मार्फत कडा चेतावनी दिएका छ्न

हेर्नुहोस अध्यक्ष देविदत्त उपाध्यायको पोस्ट जस्ताको तस्तै

मोहन्याल गाउँपालिका साबिक ( सुगरखाल गाबिस ) को अभिन्न अंगको रुपमा परापुर्बकाल देखि रहेको मोहन्याल ७ आमपानीको बिषयमा लम्किचुहा नगरप्रमुखको बिबादास्पद अभिब्यक्तिको कडा बिरोध गर्दछु। जिम्मेवार ब्यक्तिले हल्का र गैरजिम्मेवार अभिब्यक्ती दिनु उपयुक्त हुदैन र फिर्ता लिनु पर्छ। सिमा बिबाद बारे नापी बिभागको रोहबरमा निश्पक्ष र तथ्यमा आधारित सिमाङ्गकन गरेर दिर्घकालिन समस्याको सामाधान गरौं। एक आपसमा दन्द निम्ताउने कुरा कसैले नगरौं।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ५ : ३१ बजे