बैशाख १५, २०८१ शनिबार Sat Apr 27 2024

सिम्रौनगढ़ नगरपालिका कार्यालयमा ढुङ्गामुढा, अवस्था तनावग्रस्त एकको मृत्यु १० घाईतेइन्दीप कोइराला



बारा ।बाराको सिम्रौनगढमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा प्रहरीको गोली लागेर एकजना मृत्यु भएको छ । सिम्रौनगढ नगरपालिका वडा नं. १ नमसंग्राढाट बस्ने लखिन्द्र मुखियाको छोरा २५ बर्षिय लक्ष्मी मुखियाको प्रहरीको गोली लागी मृत्यु भएको हो ।

सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख किशोरी साह कलवारले प्रमुख प्रशासकीय अधिकृत महेश कुमार मिश्रलाई हाजिर गराउन लिएर जाने क्रममा प्रतिपक्षी समूह तथा अनशनमा बसेका व्यक्तिहरुले हाजिर गर्न नदिएपछि विवाद भएको अबस्थामा एमक्कासी ढुङ्गा मुढा गरी नगरपालिकाको गाडी तथा नगरपालिकाको भवनमा तोडफोड गरेको र सो स्थितीलाई नियन्त्रणमा लिने क्रममा फिल्डमा खटिएका सुरक्षाकर्मीले अश्रु ग्यास तथा २० राउन्ड हवाई फायर गर्ने क्रममा १ जना स्थानीय घाईते भई नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

विवाद बढ्दै गएपछि झडप भएको र झडप नियन्त्रणका क्रममा १० जना प्रहरी घाइते भएका छन् । भिड नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर प्रदर्शनकारी लक्ष्मी किसोरीको मुत्यु भएको बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए।

प्रहरी उपरीक्षक काफ्लेका अनुसार झडप नियन्त्रणका लागि गएको प्रहरीमाथि प्रदर्शनकारीले ढुंगामुढाले आक्रमण गरेपछि प्रहरीले स्थिति नियन्त्रण गर्न असुलग्यास र हवाई फायर गर्दा जना प्रदर्शनकारी प्रदर्शनकारीलाई गोली लागेको हो । गोली लागी घाइते भएका लक्ष्मी किसोरी उपचारको क्रममा मुत्यु भएको हो । यस्तै घाईते भएका प्रहरीहरूलाई उपचारका लागि अस्पताल लगिएको प्रहरी उपरीक्षक काफ्लेले बताए ।

सिम्रौनगढ नगरपालिकामा विगत दुई महिनादेखि तलब भत्ता माग गर्दै शिक्षक र कर्मचारी आन्दोलनमा छन् ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ५ : ४२ बजे