जेष्ठ १, २०८१ मंगलबार Wed May 15 2024

जङ्गली हात्तीद्वारा घरमा क्षति



हेटौँडा। मकवानपुरको मनहरी गाउँपालिका –८ स्थित चिसापानीमा जङ्गली हात्तीले घरमा क्षति गरेको छ ।

स्थानीय जमुनाकुमारी अधिकारीको काठको बार भएको टिनले छाएको दुईकोठे घरमा जङ्गली हात्तीले क्षति गरेको बागमती प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

जङ्गली हात्तीलाई स्थानीयको सहयोगमा प्रहरीले जङ्गलतर्फ लखेटेका थिए । हात्तीले निज महिलाको घरको पछाडिको भागमा क्षति गरेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  १ : ४३ बजे