जेष्ठ १, २०८१ मंगलबार Tue May 14 2024

७४ किलो गाँजासहित ५ जना पक्राउ



काठमाडौं । मकवानपुरबाट ७३ किलोग्राम र पाल्पाबाट १ किलोग्राम गरी जम्मा ७४ किलोग्राम अवैध लागूऔषध गाँजासहित ५ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट पक्राउ पर्नेमध्ये भारत मोतिहारी बस्ने २४ वर्षीय भुषन कुमार र १५ वर्षीय किशोर रहेका छन् । डिएल ४३ एनबी ५९९४ नम्बरको भारतीय गाडीमा सवार उनीहरूलाई ईलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले गाँजा करिब ४७ केजीसहित पक्राउ गरेको हो ।

यसैगरी मकवानपुर हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित चुरियामाई मन्दिर नजिकबाट पक्राउ पर्नेमा चितवन भरतपुर नगरपालिका–२७ बस्ने ४२ वर्षीय रोशन दमाई र खैरहनी नगरपालिका–१६ बस्ने ५२ वर्षीय डियन महतो रहेका छन् । बा।१४ प ३७०८ नम्बरको कारमा सवार उनीहरुलाई प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले करिब २६ केजीसहित पक्राउ गरेको हो ।

यस्तै, पाल्पा, रैनादेवी छहरा गाउँपालिका–७ जोगदमारबाट पक्राउ पर्नेमा रूपन्देही सैनामैना नगरपालिका–९ बस्ने २२ वर्षीय दिपक सुनार रहेको प्रहरीले जनाएको छ । उनलाई अस्थायी प्रहरी पोष्ट बेलबासबाट खटिएको प्रहरीले अवैध लागूऔषध गाँजा करिब १ केजीसहित पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  १ : ३८ बजे