बैशाख १७, २०८१ सोमबार Mon Apr 29 2024

एक बोतल पानीको ४० रुपैयाँ लिने पसलेलाई १० हजार जरिवाना



काठमाडौं । काठमाडौं महानगरपालिकाले एक बोतल पानीको ४० रुपैयाँ लिने पसलेलाई १० हजार रुपैयाँ जरिवाना गराएको छ । बुधबार महानगरले वडा नम्बर २८ स्थित सजन गोठ कमलादीलाई तोकेको मूल्यभन्दा बढी शूल्क लिएबापत उक्त जरिवाना तिराएको हो ।

सिल गरेको बोतलको पानीको मूल्य २० रुपैँयाले बिक्रि वितरण भइरहेको बेला महानगरभित्रको पसल मनपरी ढङग्ले पानीको मूल्य पसलले असुलेपछि महानगरले कारबाही गरेको हो ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ११ : ४१ बजे