२५ आश्विन २०८३, आइतबार Sun Oct 11 2026

राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान



काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य चुनावका लागि दल दर्ता गर्न आह्वान गरेको छ ।

सरकारले राष्ट्रिय सभाका रिक्त हुने १९ सदस्य पदका लागि चुनावको मिति घोषणा गरेपछि आयोगले शुक्रबार दल दर्ताको सूचना प्रकाशित गरेको हो ।आयोगले राष्ट्रिय सभा सदस्य चुनावका लागि मंसिर २४ गतेदेखि २९ गतेसम्म दल दर्ता गर्नका लागि समय तोकेको छ ।फागुन २० गते रिक्त हुने २० जना राष्ट्रिय सभा सदस्यमध्ये १९ पदका लागि सरकारले माघ ११ गते चुनावको मिति घोषणा गरेको हो । रिक्त १ जना राष्ट्रिय सभा सदस्य भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ११ : १८ बजे