श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

एनसेल कार्यालय अगाडि अनेरास्ववियुको प्रदर्शन



काठमाडौं।नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले एनसेलको शेयर खरिदबिक्रीमा भएको चलखेलविरुद्ध प्रदर्शन गरेको छ । अनेरास्ववियुले मङ्लबार लैनचौरस्थित दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको कार्यालय अगाडि प्रदर्शन गरेको हो ।

अनेरास्ववियुका अध्यक्ष समिक बडालले आफ्ना माग पूरा नभएसम्म सडक आन्दोलन नरोक्ने चेतावनी दिए । सरकारले समयमै यो विषयमा स्पष्ट धारणा सार्वजनिक गर्नु पर्ने नभए कडा आन्दोलन गर्ने चेतावनी दिए ।‘सक्छौ भने एनसेललाई राष्ट्रियकरण गर, सक्दैनौ भने लाचार बनेर यो सरकारको कुर्सीमा नबस, जबसम्म जनतासामु पारदर्शी तरिकाले एनसेल खरिदबिक्रीको विषयहरू बाहिर ल्याउँदैन ।

त्यो बेलासम्म विद्यार्थीले सडक छाड्ने छैनन्,’ उनले भने, ‘आज हामी यहाँ छौ भोलि सिंहदरबार र बालुवाटारमा जाने छौ । सरकारले समयमै यो विषयमा आफ्नो धारणाहरू स्पष्ट पारेन भने हामी जनताको बीचमा जान्छौ ।’एनसेलको ८० प्रतिशत शेयर सस्तो मूल्यमा बिक्री भएको थियो । झन्डै २ खर्बको एनसेल सात अरबमा बेचिएको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  १ : ११ बजे