माघ १३, २०८१ आइतबार Sun Jan 26 2025

भूकम्पपीडित एक बालिकाको चिसोका कारण मृत्यु



काठमाडौं।जाजरकोटको कुशे गाउँपालिकामा भूकम्पपीडित एक बालिकाको चिसोका कारण मृत्यु भएको छ ।

कुशे गाउँपालिका–१ स्याग्रीका सुनील बादीकी ३ वर्षकी छोरी रक्षाको चिसोको कारण बुधबार राति मृत्यु भएको हो । निमोनियाका कारण बालिकाको मृत्यु भएको कुशे गाउँपालिकाकी उपाध्यक्ष देविकाकुमारी सिंहले बताइन् । गत कात्तिक १७ गतेको भूकम्पले घर चर्किएपछि मृतक बालिकाको परिवार पालमुनि बस्दै आएको थियो ।भूकम्पपीडितका लागि उचित बासस्थान र पर्याप्त खाद्यान्न पु¥याउन नसकिएको उपाध्यक्ष सिंहले गुनासोसमेत गरिन् । गत कात्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको थियो ।सो भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा १५४ जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहिबार  ११ : ४३ बजे